logo
13 Dec 2018   |   
समाज

जहाँ मतदाताले उम्मेदवारलाई पैसा बाँड्छन् !



समाज   127 पटक पढिएको        
रौतहट-३का मतदाताले प्रतिनिधिसभा सदस्य उम्मेदवारलार्इ पैसा बाँड्ने गरेका छन्। रौतहटको मौलापुर नगरपालिकामा पर्ने भरहरी, नवलपुर लगायतका क्षेत्रमा घरदैलो गर्न पुगेका उम्मेदवारलाई मतदाताले टीका लगाएर आशिर्वाद दिँदै सहयोग रकम दिने गरेका हुन्।



कतिपय मतदाताले उम्मेदवारलाई पैसाकै माला लगाइदिने गरेका पनि छन्। त्यस्तै मतदाताले उम्मेदवारलार्इ रकम मात्रै होइन लड्डु, मिठाई, जुस जस्ता खाद्यपदार्थ उम्मेदवार र प्रचारटोलीलाई खुवाउँछन्। प्रचारको क्रममा मतदताले दिने लड्डु, मिठाइ खाँदा दिनभरी पेट खाली हुन नपाउने निर्वाचन प्रचारप्रसारमा संलग्न एक सदस्यले बताए। 

सो क्षेत्रमा प्रचारप्रसारमा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बनेका विनाविभागीय मन्त्री प्रभु साहलाई घरदैलोको क्रममा मतदाताले रकम दिएपछि सुरुका दिनमा उनलार्इ केही अनौठो र असहज लागेको थियो। सुरुवातमा पैसा लिन आनाकानी गर्दा मतदाता खिन्न भएको र रिसाएको पाएपछि उनीहरूलाई खुसी पार्नकै लागि भएपनि उम्मेदवार साहले रकम लिन थालेका हुन्। 

मन्त्री साहले भने, 'मतदाताले टीका लगाइदिँदै आशिर्वाद दिएर हातमा प्रसाद भन्दै रकम थमाई दिनुहुन्छ। नलिउँ भने रिसाउनुहन्छ, त्यसैले राख्न थाले।' यसलाई मतदाताले आफुप्रति देखाएको माया र सद्भावको रुपमा आफुले लिएको उनको भनार्इ छ। 

उम्मेदवारलाई थोरै भएपनि सहयोग होस् भनेर राजी खुशी साथ आफुहरूले रकम दिएका स्थानीय बताउँछन्। स्थानीय रामपृत साहले आफुकहाँ आउनेलाई रित्तो हात फर्काउनु हुन्न भन्ने गाउँको चलन रहेकाले स्थानीयवासीले सहयोग गरेको बताए। 


मतदाताहरूले १०-२० देखि एक हजार रुपैँयासम्म पनि दिने गरेका छन्। मन्त्री साहका सहयोगी बालकृष्ण सापकोटाले चिरचिरिया गाउँमा मात्रै स्थानीयले दिएको रकम जोड्दा रु ५० हजार पुगेको जानकारी दिए।  साभार : नेपाल खवर डटकम 












2133104 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top