logo
16 Oct 2018   |   
बिदेश

अमेरिकाको कोलोराडोमा गोली प्रहार, एक प्रहरीको मृत्यु



बिदेश   10 पटक पढिएको        
अमेरिकाको कोलोराडोमा भएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् ।



डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा सुरक्षाकर्मीलाई लक्षित गर्दै अन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । 

अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । 

प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुककै कारण १५ हजार मानिसको मृत्यु भएको छ ।












1778353 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top