logo
20 Nov 2018   |   
समाज

राजविराज बजारमा आगलागी, एक करोडको क्षति



समाज   127 पटक पढिएको        
राजविराज : राजविराज बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ। राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान २ः३० बजे सुरु भएको आगोले ठूलो क्षति भएको छ।



आगोले खातुनको भुइतल्लामा रहेको नौसाद शु सेन्दर तथा तेस्रो तल्लासम्म राखिएको गोदामका सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ। मालसामानसमेत गरी करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताइन्। 

आगो नियन्त्रणका लागि राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनायो। दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउन सहयोग गरेका थिए। दमकलहरु आइपुगेकाले तथा स्थानीयवासी र प्रहरी जुटेकाले आगोले घनाबस्ती र पसलहरु भएको मुख्य हटियाको अर्को घरमा पुग्न नपाएर थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण नखुले पनि बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। खातुनका श्रीमान नसिब खानले भने परिवारकै आफन्तले रिसइबीले आगो लगाएको बताए। पसलमा आगलागी भएको सुनेर हटिया आएका बेला उनको राजविराज ४ स्थित घरमा समेत आगजनीको प्रयास भएको उनले बताए।

राति खातुनको भाईसँग उनीहरुको विवाद हुँदा कुटपिट भएको थियो। श्रीमती र छोराछोरीलाई राति कुटपिट गरेका साला जुबेदले आगजनी गरेको खानले आंशका गरेका छन्। जुबेदले भने आपसमा विवाद भएपनि आगजनी जस्तो जघन्य घटना गराउने कल्पना समेत गर्न नसकिने बताए। साभार अन्नपुर्ण

 












1901361 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top