logo
13 Dec 2018   |   
साहित्य

बज्जिका भाषामा धार्मिक ग्रन्थ ‘गिता’प्रकाशति



साहित्य   127 पटक पढिएको        
चर्चित तथा एतिहासिक धार्मिक ग्रन्थ गिता बज्जिका भाषामा प्रकाशीत गरीएको छ । नेपालको सातौं भाषाको रुपमा रहेको बज्जिका भाषाको विकास तथा सम्बद्धनका लागि रौतहटका साहित्यकार हरीकृष्ण काफ्लेले बज्जिका भाषामा गीता लेखेका हुन |




बज्जिका गिता पुस्तकको बिमोचन कार्यक्रममा  जिल्ला विकास समिति रौतहटका निमिति स्थानिय विकास अधिकारी गजेन्द्र यादवले बज्जिका भाषा २१ औं शताव्द्धीको भाषा नभई १० औं शताव्द्धी कै पुरोनो भाषा रहेकोले यस्ता  ऐतिहासिक कृतिहरुको प्रकाशनले यो भाषा सधै बाचिरहेने बताए ।
ग्रामिण शिक्षा विकास नेपाल रौतहट द्धारा प्रकाशीत बज्जिका  गिता अनुवाद नभइ गिताको सारमा लेखक काफ्ले ले आफ्नै मौलिकता दिएको प्रकाशन सस्थाका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए ।
समाजमा भातृत्व कायम गर्न , सद्भाव अझै बढाउन तथा आफ्नो मातृभाषा नेपाली भएपनि बज्जिका भाषा बढी मन पर्ने भएकाले बज्जिका गिता कृति लेखेको लेखक हरीकृष्ण काफ्लेले बताए ।
भारतको  बिहार राज्यका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका भाषा नेपालको मध्य तराइ बिभिन्न जिल्लाहरुमा मातृभाषाका रुपमा बोलिन्छ ।
प्राचीन बज्जिसङ्घको भाषा भएकाले यस भाषलाई वृजिका, बज्जिका, वज्जिका,बज्जी,बाजिका,वैशालीको भाषा, बाजी भाषा, देहाती भाषा, गमइ भाषा ,ठेंठ भाषा, मिस्कट भाषाका नामले समेत चिनिले बज्जिका भाषाका साहित्यकार तथा पत्रकार संजय साह मित्र बताउछन ।  
जनगणना २०६८ अनुसार बज्जिका भाषा देशको सातौ ठूलो भाषाको रूपमा रहेको छ ।  नेपालको कूल जनसख्यामध्ये तीन प्रतिशत नेपालीले मातृभाषाको रूपमा बज्जिका भाषा प्रयोग गर्दै आएको साहित्यकार साहले बताए ।  नेपालमा करीव आठ लाख मानिसले यो भाषा बोल्ने गरेको तथ्याक छ ।
रौतहटमा बज्जिका भाषा बिकाशका लागी समिती नै गठन गरीएको छ । जिल्ला बाट बज्जिका भाषाका पत्रिका लगाएत अन्य कथा , नाटकका कितावहरु समेत प्रकाशन भएका छन ।













2133058 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top