logo
20 Nov 2018   |   
समाज

बाढी पिडितले राहत रकम नपाएको गुनासो



समाज   66 पटक पढिएको   कलमपाटी     
रौतहट ५ जेठ /// सयौं परीवारले बाढी पिडितले पाउने राहत रकम नपाएको भन्दै रौतहटमा गुनासो गरेका छन ।



गत साउनमा आएको पानीले राजदेवी नगरपालिकाको एउटा दलित बस्ती डुबानमा परेको थियो । झन्डै ३ सय घरपरिवार रहेको बस्तीका ८९ जनाले मात्र राहत पाएको पीडितको बताएका छन ।

 उनीहरुले पहिलो नाम लेखाउको तर अहिले नाम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सयौ दलित परीवार धाइरहेका छन ।

बाढी र डुबानबाट क्षति पुगेको बस्तिहरुमा क्षति संकलन गर्न का लागी जिल्ला प्रशासनक ार्यालयले कर्मचारहिरु खटाएको थियो ।

 रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले केहीको नाम छुटेको हुन सक्ने भन्दै  उनीहरु लाइ  राहत उपलव्ध गराउने प्रयास भैरहेको बताएका छन ।

 रौतहटका ४ हजार २ सय बाढीपीडितकालागी करीव १५ करोड निकासा भएको थियो ।

सरकारले बाढी बाट क्षति भएको  ६ महिनापछि राहत रकम पठाएको हो ।

पीडितलाइ  घर निर्माणका लागी २ हजार ५ सय र तत्काल राहत शिर्षकमा प्रतिदिन ७० का दरले महिनाको २ हजार १ सय रुपैयाँ वितरण गर्न भनिएको छ ।













1901305 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top