logo
16 Oct 2018   |   
समाज

सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता



समाज   127 पटक पढिएको        
काठमाडौं : सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच आठ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारमा दुबै पक्षबीच भएको वार्ताका क्रममा सो सहमति भएको हो ।




दुई पक्षबीच आठ बुँदे सहमति भएसँगै चालक संघर्ष समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सवारी चालकहरुलाई समेत आजै रिहा गर्ने तयारी गरेको छ ।

सहमतिमा सवारी चालकहरुलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नेदेखि ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने समेतका बुँदाहरु समेटिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा भएको ३ घण्टा लामो वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी, कानुन सचिव राजीव गौतम सहभागि थिए भने आन्दोलनरत पक्षको तर्फबाट सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली सहभागि रहेको थियो ।  साभार रातोपाटी












1778197 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top