logo
21 Mar 2019   |   
समाज

घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ



समाज   78 पटक पढिएको        
कलमपाटी २० बैसाख / रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं १ र २ को संयुक्त जिम्मेवारी पाएका वडा सचिव र पियनलाइ अख्तियारको टोलीले पक्राउ गरेको छ ।



 वडा सचिव राजेन्द्र कुमार आचार्य र सोहि कार्यालयका करार सेवामा रहेका कार्यालय सहयोगी श्लोक लामाले केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिने प्रयोजनार्थ आवश्यक पर्ने सिफारिसको लागि सेवाग्राहीहरुसंग चार लााख पचास हजार घुस मागेको सुचना आएपछि गएको अख्तियारको टोलीले वडा सचिव आचार्य लाइ पक्राउ परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव आचार्यले  एक लाख तिस हजार र सहयोगी लामाले तीन लाख बिस हजार घुस लिदै गरेको अवस्थामा धुन्चे स्थित गोसाईकुण्ड गाँउपालिका  वडा नं ६ बाट नियन्त्रणमा लिएको अख्तियारले बिज्ञप्ती मार्फत जनाएको छ ।













2675387 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top