logo
17 Feb 2019   |   
अर्थ / व्यापार

रौतहटमा फर्निचरको बिक्री तथा प्रर्दशनी मेला



अर्थ / व्यापार   44 पटक पढिएको   कलमपाटी     
रौतहट ४ फागुन रौतहटको जयनगरमा फर्निचर मेला शुरु भएको छ । श्रीपन्चमीको अवसरमा फर्निचर तथा फलामे कृषि औजारका सामानको मेला तथा प्रर्दशनी शुरु भएको हो ।

रौतहटमा  फर्निचरको बिक्री तथा प्रर्दशनी मेला


मेलामा बिभिन्न प्रजातीको काठबाट बनाइएका दराज,कुर्सी ,पलङ्ग ,टेवल, झ्याल ,ढोका, खाट लगाएत काठका सवै प्रकारका फर्निचरका समानहरु बिक्रीका लागी राखिएका छन । ५० बर्ष भन्दा अघि देखी रौतहटको शिवनगरमा लाग्दै आएको उक्त मेला २०६४ सालबाट जयनगर चौकमा लाग्न शुरु भएको हो । मेलामा रौतहट जिल्ला भित्रका तथा बारा, सर्लाही जिल्लाका एकसयभन्दा बढी फर्निचर बनाउने पेशामा लागेकाहरुले आफुले बनाएका फर्निचरहरु बिक्रीका लागी ल्याएका छन । बिराटनगर, बिरगज, जनकपुर, बिरजग, हेटौडा लगाएतका बजारहरु बाट तथा भारत बिभिन्न स्थान बाट समान खरीद गर्न मानिस आउने गरेको नेपाल बिश्वकर्मा मेला समितीले जनाएको छ । श्रीपन्चमी देखी शुरु भएको फर्निचर मेला रामनवमी सम्म रहने छ । मेला समितीका सचिव बिरेन्द्र यादव ले जयनगरमा लाग्दै आएको मेलाले गाउमा वेरोजगारी कम गर्दै आएको बताएका छन ।









2473280 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top