Kalam Pati - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology

साहित्य

बज्जिका भाषा विकासका लागी कार्यक्रम गर्ने निर्णय



साहित्य प्रकाशित मिति: कलमपाटी

रौतहट, २६ माघ //
विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्ष देखि मनाउदैं आएको बज्जिका भाषा विकास को लागी कार्यक्रम भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।

रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट ( रेड नेपाल ) ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानको लागि जिल्लाभरि विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादवको अध्यक्षतामा बसेको बैठकले मातृ भाषाको जर्गेना तथा संस्कृतिको संरक्षणका लागि बज्जिका भाषा विकास समारोहको परिकल्पना भई नियमित रुपमा मनाउदैं आएकोमा यस बर्ष हर्षो उल्लासका साथ सबैको सहभागितामा कार्यक्रम गर्ने भएको छ ।

बज्जिका भाषा विकास समारोह २०७४ लाई सफल पार्न जिल्लाका सबै विद्यालयहरुमा मातृभाषा कविता, हाजरि जवाफ, निबन्ध, अन्र्तक्रिया लगायतका अन्य कार्यक्रमहरु संचालनका लागि अनुरोध गर्ने तथा समारोह संचालन हुने फागुन ९ गते तदनुसार २१ फरबरीका दिन विहान प्रभातफेरी पश्चात दिउसो समारोह संचालन हुने आयोजक संस्थाका सल्लाहकार एवम समारोह संचालन समितिका संयोजक योगेन्द्र प्रसाद यादवले जानकारी दिएका छन ।


बज्जिका भाषा विकासका लागी कार्यक्रम गर्ने निर्णय - 2018-02-09
रौतहट, २६ माघ // विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्ष देखि मनाउदैं आएको बज्जिका भाषा विकास को लागी कार्यक्रम भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।

गरिवको बस्तिमा धुर्मुस सुन्तली भगवान बनेर उत्पती भए - 2017-10-04
रौतहट १८ असोज रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा नुमना बस्ति बनाएर घर दिने भएपछि दलित बस्तिका मानिसले धुर्मुस सुन्तली भगवान बनेर उत्पती भएको बताएका छन ।

स्टोरी साइकलले अमेरिकामा कला प्रर्दशन गर्ने - 2017-04-04
काठमाडौं २२ चैत्र/ स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना हुन लागेको छ ।

ओमनमा बज्जिका पत्रकार संघ गठन - 2017-02-01
कलमपाटी १९ माघ/ विभिन्न भाषाभाषी र भूगोलका युवा पत्रकारहरुलाई समेट्दै ओमनमा बज्जिका पत्रकार संघ गठन गरिएको छ । कामको खोजीमा ओमन पुगेका नेपाली युवाहरुले राजुकुमार श्रीवास्तवको अध्यक्षतामा सात सदस्यीय बज्जिका पत्रकार संघ ओमन गठन गरेका छन् ।

बज्जिका पत्रकार संघ, नेपाल दर्ता - 2017-01-23
सञ्जय मित्र / रौतहट / पत्रकारिता क्षेत्रमा एउटा नयाँ संस्थाले औपचारिकता प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट बज्जिका पत्रकार संघ, नेपाल नामक संस्थाले औपचारिक रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

बज्जिका लोक साहित्य पुरस्कार गुप्ता र गिरीलाई - 2016-12-30
कलमपाटी १५ पुस/ बज्जिका भाषाको लोक साहित्यको क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिने पुरस्कार साहित्यकारहरु रेणु गुप्ता र शीलत गिरीलाई प्रदान गरिने भएको छ ।

बज्जिका भाषाको पहिलो गीत रेकर्ड - 2016-11-27
कलमपाटी १२ मंसिर / नेपालीय बज्जिकाको प्रथम गीतको रेकर्ड गरिएको छ । रौतहटमा प्रभावशाली युवा गायकद्वय संजय महतो राज र नथुनी बसेराले संयुक्तरुपमा पहिलो बज्जिका गीत गाएर रेकर्ड गराएका हुन् ।

कवि सञ्जय मित्रको बज्जिका काव्यकृति विमोचित - 2016-11-04
कलमपाटी १९ कार्तिक कवि सञ्जय मित्रको बज्जिक काव्यकृतिको विमोचन गरिएको छ । व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं लेखक प्रभु साहले मित्रद्वारा लिखित क्रोधसे बोधतक बज्जिका कविता संग्रहको विमोचन गरेका छन् ।

बज्जिकासेवीको अभिनन्दन तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न - 2016-11-03
रौतहट १८ कार्तिक रौतहटको गरुडामा वरिष्ठ बज्जिकासेवी धर्मनाथ प्रसाद जयसवालको अभिनन्दन गरिएको छ । गरुडामा आयोजित एक समारोहबीच नेपाल सरकारका पूर्व शिक्षा प्रवक्ता राम प्रवेश यादवले बज्जिकासेवी जयसवाललाई दोसल्ला ओढाएर अभिनन्दनपत्रसहित अभिनन्दन गरेका हुन् ।

1 2 NEXT

English News



1704839 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top