logo
13 Dec 2018   |   
खेलकुद

सलाहको एकमात्र निर्णायक गोलमा लिभरपुल नकआउट घरणमा



खेलकुद   16 पटक पढिएको   कलमपाटी     
मोहमद सलाहको एकमात्र निर्णायक गोलमा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सलाहको एकमात्र निर्णायक गोलमा लिभरपुल नकआउट घरणमा


समूह ‘सी’ अन्तर्गत मंगलबार राती भएको खेलमा लिभरपुलले इटालियन क्लब नापोलीलाई १–० गोलले हरायो । लिभरपुलको कठिन जितमा सलाहले ३४औं मिनेटमा गोल गरेका थिए । यस समूहबाट फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पीएसजी) समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको छ । मंगलबार राति नै भएको खेलमा पीएसजीले एफके कर्भेना जाभेज्डालाई ४–१ गोलले हरायो । 

जाभेज्डाको मैदानमा भएको खेलमा पीएसजीका एडिन्सन काभानीले १०औं, नेयमारले ४०औं, मार्किन्होसले ७४औं र केलियन एमबाप्पेले खेलको अन्तिम समयमा एक गोल गरे । जाभेज्डाका मार्को गोबेल्जिकले ५६औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै समूह विजेता बनेको पीएसजीले ११ अंक बनायो । नौ अंक बनाएको लिभरपुल उपविजेता बन्दै नकआउट चरयामा पुग्यो । समान नौं अंक बनाएको नापोली लिभरपुलसँग हेड टु हेडको आधारमा पछि पर्दै बाहिरिन बाध्य बन्यो । चार अंक बनाएको जाभेज्डापनि बाहिरियो । एजेन्सी










2133061 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top