Wednesday, May 22, 2024

अझै तीन दिनसम्म बर्षाको सम्भावना

पछिल्लाे समाचार

रौतहट,३ भदौ //
देशको अधिकांश स्थानमा अझै तीन दिनसम्म बर्षा हुने मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

मनसुनी वायुको प्रभावका कारण अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौशम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु