Saturday, January 17, 2026

अबको ३/४ दिन सम्म वर्षाको सम्भावना

पछिल्लाे समाचार

रौतहट,९ भदौ //
अबको ३/४ दिन सम्म वर्षा हुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिएकि छिन।
नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद्ले जनाएको छ।
भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने भएकोले बाढी पहिरोको जोखिम बढेका कारण सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु