Thursday, June 13, 2024

अवैध घरेलु मदिरा सहित ट्रक र चालक नियन्त्रणमा

पछिल्लाे समाचार

पर्सा,१ भदौ //
पर्साबाट अवैध घरेलु तयारी मदिरा सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। पथलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना.२ ख. ८०३६ नम्बरको ट्रकबाट बोरामा प्याक गरी राखिएको १३५० लिटर अवैध घरेलु तयारी मदिरा बरामद गरेको प्रहरीले जनाएको छ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोकमा सो ट्रक रोकी चेक जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो।
पक्राउ पर्नेमा जितपुर सिमरा उ.म.न.पा. वडा नं.२१ अम्लेखगञ्ज बस्ने वर्ष २५ को सोनुराज बानियाँ रहेका छन्।
बरामद मदिरा , ट्रक र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु