Monday, June 24, 2024

अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

पछिल्लाे समाचार

वीरगंज,३ भदौ।
वीरगंजबाट अवैध चाँदीका गरगहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ बस्ने ६० वर्षिय नागेन्द्र साह सोनार रहेका छन्।

अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले आज बिहान ८ बजे वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

शंकास्पदरूपमा पैदल हिंडिरहेका नागेन्द्र लाई रोकी चेकजाँच गर्दा ६ किलो १६८ ग्राम चाँदीको गहना बरामद भएको खनालले बताए।

चाँदी सहित नियन्त्रणमा लिईएका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु