Friday, July 19, 2024

अवैध लत्ताकपडाहरु सहित एकजना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,१ भदौ //
भन्सार छ्ली ल्याएका लत्ताकपडाहरु सहित अटो र अटो चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाका आधारमा बिरगंज महानगरपालिका वडा नं.२१ स्थित गण्डक सडक खण्डमा ना.२ ह १८४३ नम्बरको अटो रोकी जाँच गर्दा बील बीजक विनाको लत्ताकपडाहरु बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

भन्सार छली ल्याएका सर्टको थान कपडा र टि-सर्टहरू वीरगञ्जबाट बाराको जितपुरतर्फ लैजाँदै गरेको अवस्थामा अटो, कपडा र चालक वीरगञ्ज म.न.पा.वडा नं.११ बस्ने १८ वर्षीय सोनु महमदलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

बरामद कपडा करिब तिन लाख सड्चालीस हजार चार सय रुपैंया बराबर रहेको बताइएको छ।

कपडा,अटो र चालकलाई आवश्यक कार्यवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु