Friday, June 21, 2024

अवैध स्याउसहित सप्तरीबाट एकजना पक्राउ

पछिल्लाे समाचार

सप्तरी ,१ भदौ //
सप्तरीबाट अवैध स्याउसहित एक जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका १२ बस्ने ४० वर्षीय शिवम पण्डित रहेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १२ मा उत्तरबाट दक्षिण भारत तर्फ २ वटा ठेलामा समान लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले एकजना ठेला चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।उनको साथबाट २ वटै ठेलामा रहेको अवैध ८५ कार्टुन स्याउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । बरामद स्याउ र ठेला आवश्यक कार्यवाहिको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाएको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु