Wednesday, May 22, 2024

आज देशका धेरै स्थानहरुमा बर्षाको सम्भावना

पछिल्लाे समाचार


रौतहट,१४ भदौ //
आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ।
आज दिनभर भने देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १ ,२ , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु