Wednesday, May 22, 2024

आठै जिल्लाका एसपी संग आइजीपीले गरे छलफल

पछिल्लाे समाचार

जनकपुर ३० साउन //
प्रदेश २ का जिल्लाहरुका प्रहरी प्रमुखलाई इमान्दारिता साथ अपराध नियन्त्रण गर्न नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् ।

शुक्रवार जनकपुरमा प्रहरी महानिरीक्षक क्षेत्रीले आठै जिल्लाका प्रमुख एसपीसँग अन्तरक्रिया गरेका छन। प्रदेश २ मा अपराधिक घटना बढेको, कतिपय घटनाको अनुसन्धानमा प्रहरी चुकेको जनगुनासो आएको, यस्तै सवारी दुर्घटना न्युनिकरण चुनौती बनेको समेत गुनासो छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्लामा प्रहरी प्रमुख ले इमान्दारिता पूर्वक काम नगरे कारबाहीमा पर्ने चेतावनी समेत दिएको बताइएको छ ।
कोरोना संक्रमण रोक्न सिमा नाका बन्द रहेपनि तस्करी भइरहेको भन्ने विषयमा पनि छलफल भएको छ । मास्क लगाऔं अभियान प्रभावकारी बनाउन र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्देशन कडाइका साथ पालना गराउन महानिरिक्षक थापाले निर्देशन दिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु