मुकेश कुमार साह //रौतहट २५ साउन /// चन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाद्वारा संचालित रोजगार प्रवदर्न कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन परियोजना (सामि)को तेस्रो चरणको चन्द्रपुर नगरपालिका अन्तर्गत संचालित कार्यक्रमहरुको समिक्षा बैठक चन्द्रपुर मा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा बर्षभरीको कार्यक्रमहरुको बारेमा समिक्षा कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले गरेका छन ।
सामी परियोजना अन्तर्गत भएको कार्यक्रम संचालन गर्दाको चुनौती,उपलब्धि तथा असरको बारेमा प्रस्ट पारीएको थियो ।
सोमबार चन्द्रपुर ४ मा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमको उद्घाटन नगर प्रमुख रामचन्द्र चौधरीले गरेका थिए भने अध्यक्ष्यता माण्डवी रौतहटका अध्यक्ष अन्जु झाले गरेकी थिइन । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी,प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान र अतिथिहरुमा वडा अध्यक्षहरु अमर बहादुर आले,खड्का कुमार कुश्वार ,गोबिन्द प्रसाद दुलाल ,निमित वडा अध्यक्ष साइव माझि तथा हेल्वेटास नेपाल प्रदेश २ संयोजक विजय ठाकुर, संचारकर्मिहरु लगायतका उपस्थिति रहेको थियो ।
सामी परियोजना अन्तर्गत माण्डवी रौतहटले वितिय साक्षरता,मनोसामाजिक परामर्श सेवा,सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा रहेर काम गरेको छ । गौर नगरपालिका,गरुडा नगरपालिका,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउपलिकामा संचालनमा रहेको छ । बैदेशिक रोजगारमा गएका युवाहरुलाई सु-सुचित,ठगीमा परेकालाई उद्दार र पिडितलाई न्याय दिलाउदै आएको छ।
समी परियोजना नेपाल सरकार र स्विस सरकार बीच भएको दुइपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको नेतृत्वमा हेल्भेटास नेपालको प्रावधिक सहयोगमा संचालन मा रहेको छ ।
कार्यक्रमको लागी स्थानीय सरकारले १ करोड १८ लाख छुट्याएको थियो। जसमध्य बजेटको ८३.७० प्रतिशत खर्च भएको छ । सुरक्षित आप्रवासन परियोजना २०११ साल देखि सुरु भएको हो।