Thursday, June 13, 2024

आफ्नै बुवा र श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


धनुषा,८ भदौ //
नुषामा आफ्नै बुवा र श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्वर मण्डल रहेका छन्। उनले ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीय अमरिकादेवी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ।

गए राति विवाद हुँदा मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

उनले हत्या गरेर बारीको झाडीमा शव गाडेको धनुषा प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन शुरु गरेको बताइएको छ।


लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध रहेको र त्यसै कारणले घरमा विवाद हुँदै आएको भागेश्वरले बयान दिएको प्रहरीले जानकारी दिएको छ ।


दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु