Thursday, June 13, 2024

एक किशोरी बलात्कृत

पछिल्लाे समाचार

बारा ४,भदौ ।
बारामा एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
पचरौता नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा स्थानीय रुसियन साह पक्राउ परेका छन्।
घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय साहले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।
आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु