Wednesday, May 22, 2024

एमालेको गुजरामा अगुवा कार्यकर्ता भेला

पछिल्लाे समाचार

रौतहट ३० साउन // संगठन सुदृढिकरण अभियान अन्तर्गत नेकपा एमाले रौतहटले गुजरा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलाले गुजरा नगरपालिकामा संगठन विस्तार तथा सुदृढीकरण अभियान सन्चालन गर्न टोलि गठन गरेको छ।
भेलाका प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष तुलसी राज गिरीले जनताबाट निर्वाचित ओलि सरकारले राम्रो काम गर्दागर्दै अवरोध खडा हुँदा जनादेशका लागि जनतामा जान खोज्दा परमादेशबाट हटाइएको धारणा राखेका छन ।

उनले आसन्न स्थानीय र आम निर्वाचनमा जनताले अन्तरघाती र प्रतिक्रियावादीहरुको अपवित्र गठबन्धनलाई सजाय दिई सवक सिकाउने समेत धारणा राखे
सो भेलामा राष्ट्रिय परिषद सदस्यहरु उद्वव रेग्मी र मनिशंकर निधि , क्षेत्रीय कमिटी अध्यक्ष इद्रीस सिद्दिकी , नेताहरु हरिनारायण बन्ठा , हरिबन्श मैनाली , रामासिस साह, रामजी चौधरी , रामपुल चौधरी लगाएतले मन्तव्य राखेका छन ।
सदै चौधरीको अध्यक्षतामा र पदम श्रेष्ठको संचालन गरेको कार्यक्रममा थिरबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।
गठन भएको टोलीले सदस्यता वितरण र नविकरण , वडा अधिवेशन र नगर अधिवेशन गर्नुका साथै स्थानीय मुद्दाहरुको संकलन र उठान गर्ने एमाले युवा नेता जमालुदिनले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु