Friday, July 19, 2024

एमाले छाडेर नेपाल समूह नया दल दर्ता गर्दै

पछिल्लाे समाचार

काठमाडौ २ साउन // माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् ।
एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए ।
नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु