काठमाडौ ९ भदौ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
मंगलबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।
मिडफिल्डर प्रिति राई, स्ट्राइकर सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक, निशा थोकर र सिर्जना सिंहले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालले असोज २ मा फिलिपिन्स र असोज ५ मा हङकङ सग भिड्ने छ ।
फिलिपिन्स र हङकङबीचको खेल भने असोज ८ मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउनेछ। एसियन कप सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाली टोलीमा अञ्जना रानामगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हीरा भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रिति राई, पूजा राना, पूनम जर्गामगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह छन्।