Thursday, January 15, 2026

कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने बोर्डको तयारी

पछिल्लाे समाचार

रौतहट,७ भदौ //
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने तयारी गरेको छ।

परिक्षार्थीहरुलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परिक्षा संचालन गर्ने तयारी रहेको बोर्डले जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे १५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने बताइएको छ।

स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताएका छन् ।

यसै सातादेखि सरकारले प्रवेशपत्रको आधारमा कक्षा १२ का परीक्षार्थीहरुलाई खोप लगाउन थालेको छ ।

कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षा संचालन गर्ने बोर्डले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु