Friday, June 21, 2024

कटहरियामा ११ थान सालको गोलिया बरामद

पछिल्लाे समाचार


रौतहट ,१५ भदौ //
रौतहटको कटहरिया नगरपालिका–१ भसेढवामा पानीमा लुकाई राखेको अवस्थामा ५७ क्युफिट बराबरको ११ थान सालको गोलिया बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जंगलसहिया सव–डिभिजन वन कार्यालयका अधिकृत रामदेव चौधरीको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले मंगलबार बिहान उक्त परिमाणको काठ बरामद गरेको जंगलसहिया साझेदारीका वन कमाण्डार रविन्द्र यादवले बताएका छन्।
त्यस्तै सोमबार दिउसो पनि गुजरा नगरपालिका–३ सिम्रीबाट १३ क्युफिट बराबरको ३ थान सालको गोलिया बरामद गरेका थिए।
बरामद गरिएको काठ जंगलसहिया सव–डिभिजन वन कार्यालयमा राखेको र तस्करहरुको पहिचान गर्ने कार्यमा लागेको अधिकृत चौधरीले जानकरी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु