Friday, June 21, 2024

कटहरीयामा स्वास्थ्य चौकी उद्घाटन

पछिल्लाे समाचार

राैतहट २८ साउन // कटहरिया नपामा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उद्घाटन गरिएको छ ।
वडा नम्बर ३ बिर्ती प्रष्टाेकामा स्वास्थ्य चाैकीकाे एक कार्यक्रमको बिच उद्घाटन गरिएको हाे ।
निर्वतमान प्रदेश सांसद कुन्दन कुशवाहा र नगरप्रमुख सियाराम कुशवाहाले उद्घाटन गरेका छन ।
राष्ट्रिय अपांग कल्याण संघ नेपालकाे आयाेजना र कटहरिया नगरपालिका तथा छायाँ नेपालकाे सहकार्यमा स्वास्थ्य चौकी भवन निर्माण भएकाे हाे ।
करिब ४१ लाखकाे लागतमा भवन निर्माण गरिएको राष्ट्रिय अपांग कल्याण संघ नेपालका राैतहट अध्यक्ष राजेश साहले जानकारी दिएका छन ।
निर्वतमान प्रदेश सांसद कुशवाहले स्वास्थ्य क्षेत्रमा कटहरिया नपाकाे काम सराहनीय रहेकाे धारणा राखेका छन ।
कार्यक्रम लाई सम्बाेधन गर्दै मेयर कुशवाहले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेकाे बताएका छन ।
कार्यक्रममा छाया नेपाल द्वारा करिब साढे तीनलाखकाे स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियोे ।

छाया नेपालका कार्यकारी निर्देशक कमल थापा,प्राेजेक्ट प्रबन्धक राम महर्जन , स्थानिय जनप्रतिनिधी , समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु