Thursday, September 12, 2024

कागजमै सिमित कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाइ सहिद घोषणाको निर्णय

पछिल्लाे समाचार

रौतहट ३२ साउन // हत्या गरीएका राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाइ सहिद घोषणा गर्ने जिल्ला सुरक्षा समितीको निर्णय कार्यान्वयन भएको छैन ।
खेलाडी बैरागीको हत्या भएको १० वर्ष बितिसक्दा पनि सहिद घोषणा गर्ने निर्णय अलपत्र छ ।

गौर मा २०६८ असार २३ गते राति अज्ञात समूहले उनको गोलीहानी हत्या गरेको थियो ।
घटनाको तत्कालीन सिडिओ हरिराज पन्तले राजनीतिक दल, पीडित परिवारका प्रतिनिधि राखेर बैठक गरेका थिए ।
द्येवाही गोनाही नपा घर भएका खेलाडी उपेन्द्र त्यस बेला गौर बस्दै आएका थिए । सहिद घोषणा र उचित क्षतिपूर्तिको सिफारिस गर्ने निर्णय भएको थियो ।
बैठक बसेको तीन महिनापछि असोज २६ गते प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले मारिएका उपेन्द्र दास यादव बैरागी को परिवारको आर्थिक अवस्था दयनीय भएकाले सहिद घोषणा र उचित क्षतिपूर्तिको सिफारिस गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाइ पत्राचनर गरीएको थियो ।
स्थानिय प्रशासनको सिफारिस बोकेर पटकरपटक बैरागीका श्रीमती रामकुमारी बिभिन्न निकायमा धाइन ।
सहिद घोषणाको सिफारिस खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल पुगेको थियो । गृह मन्त्रालयले पनि जिल्ला प्रशासन रौतहटबाट आर्थिक राहतको लागि मापदण्ड बमोजिमको कागजजाज मगाएको थियो त्यसपछि कुनै प्रक्रिया अगाडि नबढेको पीडित को भनाइ छ ।
आठौं साफ खेलकुद तर्फ कुस्ती खेलमा कांस्यपदक जितेका उपेन्द्र लाइ गोरखा दक्षिणबाहुबाट सम्मान गरीएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु