Sunday, January 26, 2025

कुस्ति खेलाडी बैरागी हत्याको आरोपमा एकजना पक्राउ

पछिल्लाे समाचार

रौतहट २७ साउन //१० बर्ष अघि देखि कुस्ति खेलाडी को हत्या आरोपमा फरार रहेका व्यक्ति रौतहटमा पक्राउ परेका छन ।
२०६८ असार २३ गते राति करिव साढे ८ बजे गौर नगरपालिका वडा नं. ८ बस्ने उपेन्द्र दास बैरागी लाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका हुन ।
बैरागी राष्ट्रिय स्तरका कुस्ति खेलाडी थिए । उनले अन्तराष्ट्रिय कुस्तिखेलमा समेत भाग लिएका थिए ।
जिल्ला कै देवाहिगोनाही नपा ७ का सोफनी हजरा लाई प्रहरीले पक्राउ गरेको छ ।

राम कुमारी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी हजरा बिरुद्ध जाहेरी परेको थियो ।
हजरालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले साउन २७ गते गौर नगरपालिका ५ मा हिलडुल गरी रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु