Monday, June 24, 2024

कोराना बाट २४ घण्टामा ३ हजार बढी संक्रमित, २४ जनाको मृत्यू

पछिल्लाे समाचार

काठमाडौं, १९ साउन // नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १० हजार ६३८ जनाको आरटी–पीसीआर गर्दा २४४८ जना र ६ हजार ० जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जना गरी आज ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २ हजार ९७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९२२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना पुगेको छ । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३२ हजार ५९ जना आइसोलेसन र ३७१ जना क्वारेन्टिनमा छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु