Thursday, September 12, 2024

कोरोना नियन्त्रण का लागि होल्डिङ सेन्टर निर्माण

पछिल्लाे समाचार

रौतहट २१ साउन // देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टर निर्माण भैरहेको छ ।

भारतबाट भित्रिनेहरूलाई क्वारेन्टाइनमा राखेर सीमा क्षेत्रको आवागमन सहज पार्न होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो ।
एक हजार जनालाई खान, बस्न र चिकित्सा सेवा निशुल्करूपमा उपलब्ध गराइ सङ्क्रामक रोगबाट बचाउन सरकारले यस्तो योजना लागू गरेको हो ।
नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको  आठ वटा होल्डिङ सेन्टरको झन्डै २ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बजेट रहेको ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्शन, ललितपुरले जनाएको छ ।

एउटै ठेकेदार कम्पनीले आठ वटै नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने ठेक्का पाएको हो ।
नेपालका १० ठाउँमा सेन्टर बनाउन टेन्डर आह्वान गरिएकामा एक ठाउँमा जग्गा नपाएको र काठमाडौंमा हाल नबनाउने भएपछि अहिले आठवटा ठाउँको मात्र ठेक्का भएर काम शुरू भएको छ ।
झापा, मोरङ, पर्सा, रूपन्देही, कपिलवस्तु, नेपालगंज, कैलालीलगायत नाकामा होल्डिङ सेन्टर निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।
एउटा प्रशासनिक भवन, एउटा सेन्ट्रल किचेन र २० वटा ५० जना अट्ने क्वारेन्टाइन हल गरी कुल २२ वटा भवन निर्माण भइरहेको छ ।
आगामी असोजको मध्यसम्म काम पूरा गर्ने गरी ठेकेदार पक्षसँग समन्वय गरी काम भइरहेको बताईएको छ ।
फलामे पाइपले उभ्याइएको घरमाथि जस्ता र छेउछाउबाट पफ बोर्ड लगाइने ठेकेदार कम्पनीका इन्जिनीयर प्रवेन्द्र चौधरीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु