Wednesday, October 9, 2024

कोरोना बिमा दावी रकम अन्यौलमा

पछिल्लाे समाचार

काठमाडौ १९ साउन//
सात दिनभित्र दाबी रकम दिने भनेर सुरु भएको कारोना बिमामा अतिवेला दावी रकम भुक्तानी अन्योलमा परेको छ ।
करिब ५ महिना यता अपवादबाहेक दाबी भुक्तानी पाएका छैनन । गत असार मसान्तदेखि कोरोना बिमालेख अवधि पनि सकिएको छ । बिमा कम्पनीहरूले साउन १५ पछि कुनै पनि दाबी नलिने निर्णय नै गरेका छन ।
कोरोना बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने दायित्व नआएको भन्दै बिमा कम्पनीहरूले दाबी भुक्तानी रोकेका हुन । गत शुक्रबारसम्म करिब ९६ हजार ४ सय दाबीको भुक्तानी बाँकी छ ।
ती दाबीबापत कम्पनीले बिमितलाइ ९ अर्ब ६४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ भुक्तानी बाँकी रहेको बिमा समितिको तथ्यांक छ ।

मापदण्डअनुसार बिमा कम्पनी, बिमा समिति र पुनर्बिमाले तिर्नुपर्ने रकम भुक्तानी भइसकेको छ । अब सरकारको दायित्व मात्र बाँकी छ । मापदण्डअनुसार बिमा कम्पनीहरूले आफुले तिर्नुपर्नेभन्दा १ अर्ब २८ करोड रुपैयाँ बढी रकम भुक्तानी गरिसकेको समितिको दाबी छ ।

कोरोना बिमामा सरकारले दिनुपर्ने रकम नआउँदा बिमितलाइ दाबी भुक्तानी दिन नसकिएको नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले बताएका छन ।
२०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कोरोना बिमामा परेका दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्नेछ । १ अर्ब रुपैयाँभन्दा माथि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बिमा कम्पनीले, दुई अर्बभन्दा माथि साढे २ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोरिने सहमति थियो ।
२ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दाबी भुक्तानी बिमा समिति र ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति छ ।

सरकारले कोरोना बिमाका लागि ४१ करोड ९५ लाख रुपैयाँ दिइसकेको छ । कम्पनीहरूले भने १७ लाख ५८ हजार ३ सय ४३ वटा बिमालेख बिक्री गरेर १ अर्ब ५ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु