Thursday, June 13, 2024

कोशीमा आएको बाढीले सप्तरीको गोबरगाढा जलमग्न

पछिल्लाे समाचार


सप्तरी,७ भदौ //
सप्तरीको कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका छन्। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार सप्कोशी नदीमा आएको बाढीले विस्थापित भएका छन्।स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोश, महेन्द्र यादव लगायतका स्थानीयको घर बाढीको चपेटामा परेको वडाध्यक्ष बिन्देश्वर यादवले बताएका छन्। उनीहरुले राहत समेत नपाएको गुनासो गरेका छन्। राहतको अभावमा बाढीपीडित भोकभोकै बस्न बाध्य भएका छन् । आफुहरु विगत चार दिनदेखि भोकभोकै बसिरहेको उनीहरु बताउछन। यता सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बाढीपीडित परिवारलाई खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको र जतिसक्दो छिटो राहत वितरण गरिने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु