Friday, May 24, 2024

गरुडामा सडक किनार नै डम्पिङ साइड

पछिल्लाे समाचार

रौतहट ३२ साउन । गरुडा नगरपालिका अन्तरगत ईलाका प्रहरी कार्यालयको नजिकै फोहोर फ्याक्ने गरिएको छ ।
नगरपालिकाले फोहोरलाई व्यवस्थापन मा खासै चासो राखेको पाइदैन ।
गरुडाको ईलाका प्रहरी कार्यालय अगाडि को चन्द्रपुर–गौर सडकको छेउमै फोहर फाल्ने गरिएको छ ।

बजार क्षेतर्मा संकलन गरिएको फोहोर त्यस स्थानमा फालिएको हो । फोहोरको थुप्रोमा बेलाबेला आगो लगाउने गरीन्छ । सडकमा आवतजावत गर्नेहरु सो स्थानमा नाक थुन्न बाध्य छन ।
फोहोरको व्यवस्थापन का लागि गरुडाका स्थानियले नगरपालिका लाई ठोस योजना बनाउन आग्रह गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु