रौतहट ९ भदौ । गौरमा यातायात व्यवस्था सेवा कार्यालयले थप सुबिधा सहित सेवा कार्यालय संचालन गर्न लागेको छ ।
प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालय मातहतमा रहेको सो कार्यलय गौरमा करीव एक दशक देखि स्थापना भएपनि सेवा प्रभावकारी थिएन ।
बुधवार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवद्वारा सदरमुकाम गौरमा रहेको यातायात कार्यालयबाट थप सेवा सुचारु गर्नका लागि कार्यालयको उद्घाटन गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधिहरु, समाजका अगुवाहरु ,संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
एक बर्ष अघि चन्द्रपुरमा पनि यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्नका लागि दरबन्दी सहित कर्मचारी पठाइएको थियो । कार्यालयको लागि घर भाडामा लिन लागेको चर्चा समेत थियो तर पछिल्लो समय सो चर्चा सेलाएको छ ।
केही महिना अघि सासद, दलका केही नेता, सामाजिक अगुवाहरुले यातायात कार्यालय चन्द्रपुरमा स्थापना हुन लागेको बताएका थिए ।