Wednesday, May 22, 2024

गौरमा ५ वटा मदिरा भट्टी नष्ट

पछिल्लाे समाचार

गौर २२ साउन //
घरेलु मदिरा बनाउने भट्टि रौतहटमा प्रहरीले नष्ट गरेको छ ।
अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत शुक्रवार अस्थाई प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले गौर नपा ६ सवगढा स्मा संचालनमा रहेको ५ वटा भट्टी फुटाई, अन्दाजी ५ सय लिटर कच्चा पदार्थ र करीव २० लिटर तयारी मदिरा नष्ट गरिएको छ ।
मदिरा बनाउने मेसिन १वटा, फलामको टुलो ड्रम-५ वटा, सानो ग्यालन ३ वटा बरामद गरेको सो भट्टी संचालकहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु