रौतहट,३ भदौ //
रौतहटको गौर नगरपालिकाले कोरोना माहामारीको बीच पनि गृह बिधालय अभियान संचालन गरेको छ l
सो नगरपालिकाले कोरोना माहामारीको समयमा इन्टरनेट सुबिधाको पहुच भन्दा टाढा रहेका बाल बालिकालाई लक्षित गर्दै सो अभियान संचालन गरेको हो ।
शिक्षा शाखा संयोजक गणेश गिरीका अनुसार बैकल्पिक शिक्षा अन्तर्गत ९ वटै वडाको २३ स्थानमा विशेष कक्षाहरु संचालन भैरहेको छ।
स्थानिय स्तरमै स्वयम्सेवकको प्रयोग गर्दै कक्षाहरु संचालन गरिएको उनले बताए।
गौर नगरपालिकाले रेडियो र अनलाईन मार्फत पनि कक्षाहरु संचालन गर्दै आएको थियो ।
तर सानो कक्षामा अध्यनरत बिपन्न परिवारका बाल बालिकाहरु अनलाइन कक्षाको पहुचमा आउन नसकेका कारण टोल टोलमै पठन पाठन संचालन हुँदा उनीहरुको पढाइमा नोक्सान नहुने संयोजक गिरीले बताए।
यस्ता कक्षाहरुले स्थानिय स्तरमा अल्पकालीन रोजगारी सृजना गर्नुको साथै बिपन्न र सिमान्तकृत समुदायका बालबालिकाहरुलाई फाइदा पुगेको गौर नगरपालिकाका नगर अध्यक्ष अजय गुप्ताको भनाई छ ।
सो अभियानले गौर नगरपालिकाको बालबालिका प्रत्यक्ष लाभान्वित बनेका छन्।