Sunday, February 9, 2025

घरबेटीको छोराबाट १४ वर्षीया बालिका बलात्कृत

पछिल्लाे समाचार


महोत्तरी ,१३ भदौ //
महोत्तरीमा आफ्नै आम काम गर्दै आएको घरबेटीको छोराबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। जलेश्वर नगरपालिकाकी १४ वर्षीया बालिका मिनु कापरलाई स्थानीय युद्धनाथ झाको छोरा २० वर्षिय आकाश झाले प्रलोभनमा पारि गएको ६ महिनादेखि यौनशोषण गर्दै आएको उनीले बताएकी छिन।

मिनुकी आमा लामो समयदेखि झाको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी र आमालाई सघाउन घर आउजाउ गर्दा आकाशले ललाईफकाई विहे गर्ने आश्वासन दिँदै यौनशोषण गर्दै आएको पीडितको आरोप छ ।

मिनु गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको हो ।गर्भवती भएपछि घटना लुकाउन आकाश र उनको आमाले गर्भपतन गराएर बच्चा फाल्न लगाएको गुनासो गरिन। आफ्नो आमालाई झुक्याई गोलाको अप्रेशन भनि गर्भपतन गराएको मिनुले बताइन। गत असार २५ गत्ते जनकपुरस्थित सिटी अस्पतालमा चेकजाँच गराउँदा साढे सात महिनाको गर्भ रहेको बुझिएपछि गर्भपतन गरौँ औषधि खुवाएको उनले बताइन् ।

” उसले मसंग जे गर्यो अव विहे गरोस्, त्यहि उसको लागि सजाय हुनेछ र मेरो लागि न्याय ” उनले भनिन। १४ वर्षमै पेटको अप्रेशनको घाउ बिग्रिंदै गएको र जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि पीडित बालिकालाई जनकपुर रेफर गरिएको ओरेक नेपाल महोत्तरीकी प्रमुख लिला दियालीले जानकारी दिइन ।

यस सन्दर्भमा स्थानीय भद्रभलादमीहरुले दुबै पक्षलाई राखी छलफल गरेको थियो । तर आरोपित झा परिवारले समाजिक निर्णयलाई अटेर गरेको पीडितकी आमाले दुखेसो पोखिन् ।ममता झाले घटनाबारे प्रहरीमा उजुरी नदिन आर्थिक प्रलोभन समेत दिएको पीडितकी आमाले गुनासो गरिन्।

न्यायको लागि पीडित कापर ओरेक नेपाल महोत्तरीमा निवेदन दिएकी छिन् । यस अघि न्यायको लागि पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत उजुरी दिएकी छिन् ।यता महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु