रौतहट २२ साउन //
चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पताल अवस्था बिग्रदै गएपछि स्थानियले चिन्ता व्यक्त गर्न थालेका छन ।

एक्सरे मेशिन बिग्रेको दुई बर्ष बित्दा समेत मर्मतगर्न ध्यान दिएको देखिदैन ।
१५ बेडको सरकारी अस्पतालबाट सेवाग्रहीले समान्य बिरामी हुदा समेत उचित उपचार पाउन सकेका छैन ।

अस्पताल परिसरमा फोहरको व्यवस्थापन हुन सकेको छैन । खानेपानीको व्यवस्था उचित छैन । पानीको धाराहरु फोहरले टालिएका छन ।
सरकारी अस्पतालको बिग्रदो अवस्थालाइ सुधार्न सम्वन्धित पक्ष संग स्थानियले माग गरेका छन ।