Sunday, May 26, 2024

चन्द्रपुर चौकमा प्रहरीले थाल्यो मास्क खै ? अभियान

पछिल्लाे समाचार

रौतहट २२ साउन //
कोरोना भाइरस नियन्त्रणका लागी रौतहटको चन्द्रपुरमा प्रहरीले मास्क र सेनिटाइजर प्रयोगका लागी सचेजना कार्यक्रम थालेको छ /


इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले राजमार्गमा मास्क नलगाइ हिड्ने लाइ मास्क लगाउन सुझाउदै , भिडभाड नगर्न , स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ ।
प्रहरीले मास्क खोई भन्दै शुक्रवार मुख्य चौकमा मास्क नहुनेहरु लाइ बितरण समेत गरेको छ ।


इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले मास्क नलागाइ सार्वजनिकस्थानमा हिडडुल गर्ने बढ्न थालेपछि सचेत गराउन अभियान थालेको बताए ।
सो अभियानमा अधिकारकर्मी देवकी नेपाल लगाएतले साथ दिएका थिए ।
प्रहरीले मास्क खै ? सामाजीक दुरी कायम गरौ, भिडभाड नगरौ जस्ता सन्देश मुलक प्लेकार्ड लिएर चौक क्षेत्रमा अभियान शुरु गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु