Friday, May 24, 2024

चन्द्रपुर नपाको बिभिन्न टोलमा खाध्यान्न सहयोग

पछिल्लाे समाचार

रौतहट १५ भदौ । महिला सुरक्षा दबाब समुहले चन्द्रपुर नगर क्षेत्रका बिभिन्न टोलका बाढी पिडित , दलित , एकल्ऽ महिला , अपाङग , एसिड पिडित लाइ खाध्यान्न सहयोग गरेको छ ।

मंगलबार बिभिन्न टोलका एकसय ८० पिडित परीवार लाइ खाध्यान्न् सहयोग गरीएको महिला सुरक्षा दवाव समुह रौतहटकी अध्यक्ष देवकी नेपालले जानकारी दिएकी छिन । महिला सुरक्षा दबाब समुहले घरघरमा नै पुगेर राहत सामग्री वितरण गरेको हो ।

टेवा नामक सस्थाको आर्थिक सहयोगमा महिला सुरक्षा दबाब समुहको संयोजनमा चन्द्रपुरनपाको वडा नम्बर ५ , ७ , ८ र ९ का पुर्वटोल , बनबोहरी , चेतनगर , बेतौना टोलमा सामाग्री बितरण गरीएको छ ।

चन्द्रपुर नपा ७ का बिष्णु उप्रेती , नगरका सामाजिक विकास समितिका संयोजक सरस्वती खुलालको रोहवरमा चामल, नुन,बिस्कुट,सावन, सरफ, तेल, दाल लगाएत खाध्यान्न सामग्री वितरण गरिएको समुहकी सचिव मालादेवी जयसवालले जानकारी दिइन । राहत सामग्री बुधबार पनि वितरण हुने छ ।

बुधबार चन्द्रपुर नपाको वडा नम्वर १ पौराइ र वडा नम्बर २ जुडिवेलामा २० परिवारलाइ वितरण गरीने बताइएको छ । बितरण कार्यक्रममा सस्थाकी उपाध्यक्ष बिना शाह ,सचिव माला जयसबाल, सदस्य हरु जयराजि सहनी ,प्रेमशिला शाह गोमा राई लगाएतको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु