Friday, July 19, 2024

चोरीको मोटरसाईकलसहित वीरगंजबाट एकजना पक्राउ

पछिल्लाे समाचार


वीरगंज,१२ भदौ //
चोरीको मोटरसाईकलसहित वीरगंजबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षिय राधे पटेल रहेका छन्।

गएराती वीरगंज–१३ तेजारथ टोल बस्ने ३१ वर्षिय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना २२ प ५७५० नम्बरको मोटरसाईकलको लक खोली चोरी गरेर भाग्दै गरेको अवस्थामा पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाईकलसहित पक्राउ परेका पटेललाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु