Friday, June 21, 2024

चोरीको ४ वटा मोटरसाईकलसहित दुई जना वीरगंजबाट पक्राउ

पछिल्लाे समाचार


वीरगंज,२९ साउन //
वीरगंजबाट चोरीको ४ वटा मोटरसाईकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका–३० लालपर्सा प्रसोतिपुर बस्ने २० वर्षिय आकाश यादव र सोही स्थान बस्ने २१ वर्षिय कृष्ण पटेललाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।
बुधबार बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले यादवसहित पटेललाई पनि नियन्त्रणमा लिएको हो ।
यादवले चोरीको बा.४२ प ५२६३, ना.१६ प ३३६७, ना.१४ प ८४ र ग.१ प ७६९४ नम्बरको मोटरसाईकल बिक्रि गर्ने मनसायले आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
मोटरसाईकलसहित उनीहरुलाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु