Sunday, May 26, 2024
No menu items!

छोरालाई घाँटी थिचेर हत्या गर्ने सौतनी आमा पुर्पक्षका लागि कारागार चलान

पछिल्लाे समाचार

महोत्तरी,१० भदौ //
छोरालाई घाँटी थिचेर हत्या गर्ने सौतनी आमालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
बुबा भने साधारण तारेखमा रिहा भएका छन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।
गत साउन १५ गते ५ वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरी परालले छोपेको अवस्थामा शव फेला परेको थियो ।
हत्या अभियोगमा सौतेनी आमा रागनी र बुबा चन्द्रकिशोरलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो ।
चन्द्रकिशोरले एक वर्षअघि शान्तिपुरकी रागिनीसँग दोस्रो विवाह गरेको स्थानीयले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु