Thursday, June 13, 2024

जनकपुरधामको धनुष सागर पोखरीमा युवकको शव फेला

पछिल्लाे समाचार

रौतहट,२३ श्रावन//
जनकपुरधामको धनुष सागर पोखरीमा शनिबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीय ३५ वर्षीय युवक सन्तोष सहनीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार युवक पोखरीमा डुबे पश्चात प्रहरी, स्थानीय र सस्त्र प्रहरीको टोलीले घण्टौ युवकलाई खोजेका थिए । राती अबेर सम्म नभेटेपछि आज बिहान आफै युवकको शव पोखरी माथि तैरिरहेको स्थानीयको भनाई रहेको छ ।केही स्थानीयवासीको अनुसार युवकले मदिरा सेवन गरि पोखरी छेउमा डुलिरहदा पोखरीमा डुबेको बताइएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शुक्रबार सहनी नुहाउन गएको बेला डुबेर मृत्यु भएको हो।शवको पोस्टमार्टम भएपश्चात मात्र यकिन हुने प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु