Friday, July 19, 2024

जनकपुरबाट एक क्वीन्टल गाँजासहित एकजना पक्राउ

पछिल्लाे समाचार


धनुषा,१ भदौ //
जनकपुरबाट एक क्वीन्टल अवैध लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं १९ बस्ने ३५ वर्षीय वीरबहादुर बलोनलसईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिका वडा नं ४ मुरलीचोकमा चेकजाँचको क्रममा बा ५ च १४० नम्बरको पिककप भ्यानमा लुकाइँ ल्याउँदै गरेको १० पोका अवैध गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश प्रहरीले गाँजासहित बलोनलसईलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु