Thursday, September 12, 2024

जिल्ला जनस्वास्थ्य रौतहटद्वारा माक्स वितरण

पछिल्लाे समाचार

मन्जु मानन्धर/
रौतहट २५, साउन//

रौतहटको चन्द्रपुरमा नेपाल माक्स अभियान अन्तर्गत माक्स वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य रौतहटको आयोजनामा सोमबार चन्द्रपुरको मुख्य चोकमा माक्स वितरण गरिएको हो। कोरोना संक्रमण बढ्दै गएपछि कोरोना नियन्त्रण गर्न सबै भन्दा उपयोगी माक्स भएकोले सो अभियान संचालन गरिएको जनस्वास्थ्य प्रमुख सङ्गम श्रेष्ठले जानकारी दिएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयले सर्वसाधारण तथा गाडीमा सवार सम्पूर्ण यात्रुहरुलाई निःशुल्क रुपमा मास्क वितरण समेत गरिएको नेपाल स्वबियु सदस्य सुसिल अधिकारिले जानकारी दिएका छन् ।


‘तपाईको मास्क खै?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए । मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए ।


मास्क लगाउन अनुरोध गर्दै सुरु भएको कार्यक्रम एक सातासम्म सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
सो कार्यक्रममा प्रदेश सांसद धनलाल ठोक्कर,चन्द्रपुर वडा नम्वर ६ का वडा अध्यक्ष खड्का बहादुर कुस्वार,जिल्ला जनस्वास्थ्य रौतहटको प्रमुख सङ्गम श्रेष्ठ र स्थानिय नेता सुशील अधिकारि ,बिनोद गुप्ता,नरेश लामिछाने ,निलहरि कोइराला र रञ्जन बोगटीको सहभागिता रहेको थियो। व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु