Friday, June 21, 2024

तराई एक्सप्रेस दैनिकले १६ बर्ष मनायो

पछिल्लाे समाचार

मुकेश कुमार साह/रौतहट १ भदौ / चन्द्रपुरबाट प्रकाशीत हुँदै आएको तराई एक्सप्रेस दैनिकले १६औं बार्षिकोत्सव मनाएको छ । एक कार्यक्रमको आयोजना गरि सो दैनिकले आफ्नो बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, बिशिष्ठ अतिथि जिल्ला अध्यक्ष प्रेम चन्द्र झा, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान तथा अतिथिहरु पत्रकार यादवराज पुरी,प्रभात कुमार झा,संजय साह मित्र लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव पुरीले सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि अगाडी ल्याउन तराई एक्सप्रेस पत्रिका अगाडी रहेको बताए । आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै लैजाउनु पर्ने पत्रकारको दायित्व रहेको उनले धारणा राखेका छन ।
यस्तै पत्रकार प्रभात झाले रौतहटमा फेसबुक पत्रकारिता हावी हुदै प्रति चिन्ता राखेका छन । संचारकर्मी सवेदनशील नभएसम्म आक्रमणको शिकार हुने डर संधै भइरहने भएकाले नकारात्मक समाचार नलेख्न समेत पत्रकार झाले आग्रह गरे । कार्यक्रममा दैनिक पत्रिकालाई यहाँ सम्म ल्याई पुर्याउन सहयोग गर्नेहरुलाई सम्मान पत्रले सम्मानित गरेका छन् । सम्मानित हुनेमा साहित्यकार तथा बज्जिका भाषाज्ञाता संजय साह मित्र,तराई एक्सप्रेसका सहकर्मीहरु रुपेन्द्र पटेल,गोपाल तिमल्सिना,पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा सम्मानित भएका छन ।
तराई एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सन्तोष काफ्लेले गरेका थिए । कार्यक्रममा उपस्थिति भएकाहरुले पत्रिकाको आउदो दिनमा थप सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु