Thursday, June 13, 2024

तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारी कार्यवाहीमा

पछिल्लाे समाचार

बारा,२ भदौ //
यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारी साधनलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यवाही गरेको छ । गत साउन महीनामा ती सवारी साधनलाई कार्यवाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता गराएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले बताएका छन् । उनका अनुसार १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको छ । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिएका छन् । ट्राफिकले ती सवारी साधनबाट २ लाख ३४ हजार ५०० रुपैयाँ जरीवाना पनि असुल गरेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु