Wednesday, May 22, 2024

दुई जना पिडित लाई आर्थीक सहयोग

पछिल्लाे समाचार

रौतहट १४ भदौ /मानव अधिकारका लागि महिला, एकल महिलाहरु को हक र अधिकारको पक्षमा कृयाशिल सस्थाले रौतहटमा दुइजना पिडित लाई आर्थिक सहयोग गरेको छ ।
एक महिना अघि कुटिपट बाट गम्भीर घाइते भइ उपचार पछि निको भएकी एकल बृद्घ महिला श्रीपती देवी साह को उपचारको लागि ३० हजार र माधव नारायण नपा ६ कि सुकानी देवी पासवानको श्रीमान हरी पासवानको उपचारको लागि १५ हजार आर्थिक सहयोग गरिएको मानव अधिकार का लागि महिला,एकल महिला संस्था कि प्रादेशिक अधिकृत कृष्णा बस्नेत ले जानकारी दिएकी छिन ।

सोमवार सो रकम सो सस्थाकी रौतहट जिल्ला अध्यक्ष सोमरीया पासवानले एकल महिला साह र पासवान लाई हस्तान्तरण गरेकी हुन ।
घाइते साहको शरीर को विभिन्न भागमा चोट लागेको थियो र बिरामी पासवानको पिसाव थैलीमा समस्या हुदा उपचार भैरहेको छ ।
सो सस्थाले विभिन्न कारणले पिडित भएका महिला, एकल महिलाहरुको अधिकार को पक्षमा बहस, पैरवी र सहयोग गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु